काठमाडौं, वैशाख ३ :

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति पदका लागि नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले मनोनयन दर्ता गराएका छन्।

झन्डै दुई तिहाइ बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक लेखा समितिको सभापति पद प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेपछि खड्काले मनोनयन दर्ता गराएका हुन्। विपक्षी दलहरूले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ। 

रास्वपाले एउटा बाहेक बाँकी सबै समितिका सभापतिमा आफ्ना सांसदलाई पठाउने निर्णय गरेको छ।