बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश मधेस प्रदेश

पर्सामा प्रहरी जवान चौरसियाको ह*त्या

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३० चैत, २०८२ मा प्रकाशित
पर्सामा प्रहरी जवान चौरसियाको ह*त्या
प्रतीकात्मक तस्बिर ।
पर्सा, चैत ३० :

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान २८ वर्षीय विकास चौरसियाको ह*त्या भएको छ। वीरगञ्ज महानगरपालिका–९ मुर्लीस्थित फिरोज मियाँको घरमा आइतबार साँझ करिब ५ बजे प्रहरी जवान चौरसिया गम्भीर घाइते अवस्थामा फेला परेका थिए। प्रहरीको टोलीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

चौरसियाको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा  प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरी जवान चौरसिया १० दिनको बिदामा घर गएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार