भक्तपुर, चैत २९ :

विश्वनाथ भैरवको रथको अगाडि रहेको बेताल देवताको केही भाग बिग्रिएका छन् । यस वर्ष नयाँ पित्तल जोडेर तयार पारिएको प्यागोडा शैलीको भैरवको तीनतले रथको पहेलो टल्किने छानोको तीन वटै तह भत्किएपछि मर्मत गरिँदै छ । रथको चुकुल र रथमा जडित केही सामान फुस्किएपछि मर्मत थालिएको हो ।

भैरवको उक्त रथ चैत मसान्तको दिन पूजा गरी तानेर ल्यासिंखेल पु¥याएपछि सोही दिनको अपराह्न ५५ हात लामो नाङ्लो जत्रोफेद भएको विश्व ध्वजा जडित लिङ्गो तान्त्रिक विधिअनुसार पूजा गरी उठाउने परम्परा रहेको गुठी संस्थानको कार्यालय भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले बताए ।

उक्त रथलाई पूरै तयार पार्न यतिखेर गुठी संस्थानको कार्यालय भक्तपुरलाई भ्याइनभ्याइ भएको उनको भनाइ छ । भोलि ३० गते जात्रा सञ्चालन गर्नका लागि रथलाई तयार पार्ने काम भइरहेको उनले जानकारी दिए ।

यही चैत २७ गते टौमढीबाट भैरवको रथ तानेर राति दत्तात्रय पु¥याउने र त्यहाँबाट फर्काएर वंशगोपाल पु¥याई त्यहाँबाट पनि फर्काएर बिहान करिब ३ बजे गःहिटी ल्याइपु¥याउँदा रथको छानो बिग्रिसकेको थियो ।