बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

विश्वसनीयताको परीक्षणमा रास्वपाले आफूलाई असफल साबित गर्‍यो : खुस्बु ओली

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ चैत, २०८२ मा प्रकाशित
विश्वसनीयताको परीक्षणमा रास्वपाले आफूलाई असफल साबित गर्‍यो : खुस्बु  ओली
काठमाडौं, चैत २७ :

राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक खुस्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक आचरण र विश्वसनीयताको परीक्षणमा आफूलाई असफल साबित गरेको बताएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राप्रपा सचेतक ओलीले  रास्वपाले राप्रपालाई आश्वासन दिएर श्रम संस्कृति पार्टीका उम्मेदवारको समर्थक बसेको बताइन् ।

रास्वपाको आश्वासनलाई विश्वास गरेर उपसभामुखमा सरस्वती लामालाई उम्मेदवार बनाएको उनको भनाइ थियो । ओलीको भनाइ थियो, 'सत्तारुढ दलहरूसँगको संवादपछि उपसभामुख पदको सन्दर्भमा बनेको समझदारी अन्तिम घडीमा लत्याइयो । यस विषयले हामी दलहरूबीच विश्वास भन्ने कुरा कति सस्तो रहेछ भन्ने कुरा देखियो ।'

'यो संविधानले प्रतिपक्षलाई निहीत गरेको पदको मात्र प्रश्न होइन, यो राजनीतिक आचारण र विश्वसनियताको पनि परीक्षण थियो,‘ओलीले भनिन्, 'सहकार्यको आधार विश्वास हो भनिन्छ तर यहाँ त अविश्वासलाई नयाँ राजनीतिक संस्कार झै संस्थागत गरियो ।'
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार