कास्की, चैत २७ :

नेपाली कांग्रेसको निर्वाचन समीक्षात्मक कार्यक्रम पोखरामा सुरु भएको छ । आजदेखि सुरु भएको समीक्षात्मक बैठकमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेललगायतका शीर्ष नेताको सहभागिता रहेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेपछि कांग्रेसले प्राप्त मत र आगामी कार्यदिशाबारे सुक्ष्म समीक्षा सुरु गरेको हो ।

निर्वाचनमा अन्तर्घात गर्नेलाई अनुशासनको कारबाही गर्न विभिन्न क्षेत्रबाट सिफारिस भएको अवस्थामा बसेको बैठकले उनीहरुमाथिको कारबाहीको विषयमा निर्णय गर्ने अपक्षा गरिएको छ ।