
काठमाडौं, चैत २६ :
प्रधानमन्त्री वालेन्द्र शाहले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतालाई सचेत गराएका छन् ।
उनले आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपाको केन्द्रीय अनुशासन आयोगले मेहतालाई सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष सिफारिस गरेको थियो।
रास्वपाले पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन (राईट टु रिकल) सक्ने व्यवस्था गरेको छ । सोही जिम्मेवारी अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरिएको हो ।