शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

मन्त्रिपरिषदको आकस्मिक बैठक आज दिउँसो १ बजे बस्दै

राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ चैत, २०८२ मा प्रकाशित
मन्त्रिपरिषदको आकस्मिक बैठक आज दिउँसो १ बजे बस्दै
काठमाण्डौं, चैत २४ :

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाइएको बताईएको छ ।

मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही नखुलाईए पनि स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ । 

सामान्यतया मन्त्रिपरिषदको बैठक बिहीबार र सोमबार बस्ने प्रचलन छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार