शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

‘सकारात्मक परिवर्तनमा कांग्रेसको समर्थन रहनेछ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ चैत, २०८२ मा प्रकाशित
‘सकारात्मक परिवर्तनमा कांग्रेसको समर्थन रहनेछ’
काठमाडौं, चैत २३ :

सुशासन र समृद्धिको अनुभूतिमा कमी देखिएको उल्लेख गर्दै नेपाली कांग्रेसले सकारात्मक परिवर्तनका लागि सरकारलाई समर्थन गर्ने जनाएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले संविधानले अधिकार सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा जनताले अपेक्षित परिणाम नपाएको बताएका छन् । उनले नीतिगत ढिलासुस्ती तथा भ्रष्टाचार नियन्त्रणमा कमजोरी देखिएको उल्लेख गर्दै वैदेशिक रोजगारी बाध्यता बन्दै गएको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा सुनिश्चित हुन नसकेको बताए ।

सांसद कर्णले भने, “कांग्रेससँग अनुभव, ऊर्जा र नवप्रवर्तनको सोच छ र नयाँ सरकारसँग पनि ऊर्जा र नवप्रवर्तनको इच्छाशक्ति छ । यी दुईको संयोजनले देशलाई सही दिशा दिन सक्नेमा विश्वस्त छु ।”

उनले सकारात्मक परिवर्तनका लागि कांग्रेसको पूर्ण समर्थन रहने स्पष्ट पार्दै देश र लोकतन्त्रको हितमा हुने हरेक कदममा साथ दिने तथा जनहितविपरीत हुने कार्यको प्रतिवाद गर्ने बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार