शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका #राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका
राजनीति

सरकालाई राष्ट्रिय सभा सदस्यहरुको सुझाव : दलगत स्वार्थभन्दा माथि उठेर काम गरियोस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २२ चैत, २०८२ मा प्रकाशित
सरकालाई राष्ट्रिय सभा सदस्यहरुको सुझाव : दलगत स्वार्थभन्दा माथि उठेर काम गरियोस्
चैत २२ :

राष्ट्रियसभाको आजको बैठकमा  नवगठित सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा विशेष जोड दिइएको छ । बैठकमा नेपाली कांग्रेसका खम्मबहादुर खातीले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितका विषयलाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्ने बताए ।

सोही दलकी गीता देवकोटाले किसानमैत्री नीति कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् भने सांसद चन्द्रबहादुर केसीले देशको ‘आर्थिक विकास’ वर्तमान सरकारको मूलमन्त्र हुनुपर्छ भने ।

बैठकको शून्य समयमा पश्चिम एसियामा जारी द्वन्द्वका कारण दैनिक उपभोग्य वस्तुको मूल्य बढेको  तथा यसबाट सीमान्तकृत वर्ग समस्यामा परेको विषयलाई सभाका सदस्यहरूले प्राथमिकताका साथ उठाए ।

सांसद उदयबहादुर बोहोराले पश्चिम एसियाली देशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारसँग आग्रह गरे ।

सांसदहरू जयन्तीदेवी राई, मोहम्मद खालिद राजेन्द्रलक्ष्मी गैरे र सोनामगेल्जेन शेर्पाले पश्चिम एसियामा जारी द्वन्द्व तथा त्यसबाट नेपालसहित विश्वभर परेको प्रभाव एवं समसामयिक विषयमा सदन एवं सरकारको ध्यानाकर्षण गराए ।

सांसद भुवनबहादुर सुनारले सुर्खेतकी इनिशा विक प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए। सांसद सुरेशकुमार आलेमगरले विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउन नहुने धारणा व्यक्त गरे । शून्य समयमा सांसदहरू मदनकुमारी शाह र नारायणदत्त मिश्रले पनि समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार