बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
विदेश

रक्षात्मक र आक्रामक दुबैको तयारीमा रहेको नेतान्याहुको भनाइ

· शुक्रबार, १९ साउन, २०८१ मा प्रकाशित
रक्षात्मक र आक्रामक दुबैको तयारीमा रहेको नेतान्याहुको भनाइ

एजेन्सीहरु- इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बिहीबार हमास र हिजबुल्लाहका शीर्ष नेताहरूको हत्याको प्रतिशोधको धम्की आएपछि इजरायल आफ्नो विरुद्ध कुनै पनि ‘आक्रामकता’ का लागि तयार रहेको बताउनुभएको छ । 

    इजरायल रक्षात्मक र आक्रामक दुवै किसिमको कुनै पनि परिदृश्यका लागि उच्चस्तरको तयारीमा रहेको नेतान्याहुको भनाइ थियो । उहाँले भन्नुभयो- "हामी हाम्रोविरुद्ध कुनै पनि आक्रामक कारवाहीका लागि उच्च मूल्य चुकाउनेछौँ”, नेतान्याहुले विज्ञप्तिमा भन्नुभयो, “जसले हामीमाथि आक्रमण गर्छ, हामी पनि जवाफमा आक्रमण गर्नेछौँ ।”

    हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले बेरुत उपनगरमा इजरायलले गरेको आक्रमणमा आफ्ना शीर्ष सैन्य कमान्डर फुआद शुक्रको गरेको हत्याको जवाफ दिन लेबनानी सशस्त्र समूह बाध्य छ भन्ने धम्की दिएपछि नेतान्याहुको उक्त टिप्पणी आएको हो । 

    बुधबार तेहरानमा भएको आक्रमणमा हमास प्रमुख इस्माइल हानियाको मृत्यु भएको थियो । इरान र हमासले  उक्त आक्रमण इजरायलले गरेको आरोप लगाएका छन् । इजरायलले उनको हत्याका बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ । 

  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार