शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

प्रदेश संरचना खारेज गर्ने भए दुई तिहाइ पुर्‍याउन राप्रपाले सघाउँछ : ज्ञानेन्द्र शाही

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ चैत, २०८२ मा प्रकाशित
प्रदेश संरचना खारेज गर्ने भए दुई तिहाइ पुर्‍याउन राप्रपाले सघाउँछ : ज्ञानेन्द्र शाही
काठमाडौं, चैत १९ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुकको अर्थतन्त्रले प्रदेश संरचना धान्न नसक्ने भन्दै तत्काल खारेज गर्न माग गरेका छन् ।

उनले यसका लागि वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताए। वार्षिक झन्डै १ खर्ब रुपैयाँ खर्च भइरहेको उल्लेख गर्दै उनले यसलाई खारेज गर्नुपर्नेमा जोड दिए।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले मुलुकको अर्थतन्त्रले प्रदेश संरचना धान्न नसक्ने दाबी गरे।  उनले प्रदेश संरचना केवल राजनीतिक दलका कार्यकर्ता व्यवस्थापन गर्ने थलो बनेको आरोप समेत लगाए । राप्रपाले स्थापनाकालदेखि नै संघीयता र प्रदेश संरचनाको विरोध गर्दै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार