काठमाडौं, चैत १९ :

पूर्वयुवराज पारस शाहलाई थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ।  उनलाई नियमित स्वास्थ्य परीक्षणका साथै ‘पेसमेकर’ परिवर्तन गर्न बिहीबार बिहान अस्पताल भर्ना गरिएको हो।

उनको मुटुमा राखिएको इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) को ब्याट्री फेरिएको छ । आवश्यक चेकजाँचपछि बिहान साढे ९ बजे आईसीडीको ब्याट्री फेरिएको उनको उपचारमा संलग्न चिकित्सक डा. यादव भट्टले जानकारी दिए । उनलाई केही दिन अस्पतालमै राखिने र स्वास्थ्य अवस्था हेरेर चिकित्सकले उनलाई भोलि डिस्चार्ज अस्पताल स्रोतले जानकारी दिएको छ।

उनलाई सुरु देखिनै मुटु सम्बन्धि समस्या देखापरेको हुँदा फलोअपका लागि नर्भिक अस्पतालमा चेक जाँच गर्ने गरेका छन् । शाहले यसअघि पटक पटक हर्टअट्याकको सामना गर्दै आएका छन् ।