सुर्खेत, चैत १९ :
१६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा परिवारले २७ दिनपछि शव बुझेका छन् ।
भेरी पुल नजिकको सम्झिघाटमा आज दाहसंस्कार गर्ने तयारी गरिएको छ ।
इनिशा फागुन २३ गते वीरेन्द्रनगर–१ मा मृत फेला परेकी थिइन् ।
घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रारम्भिक रूपमा घटनालाई शंकास्पद मानिए पनि पछि बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाइएको थियो ।
पोस्टमार्टम रिपोर्ट, डिजिटल प्रमाण र अन्य तथ्य संकलन गर्न समय लागेकाले शव लामो समय अस्पतालमै राखिएको थियो ।
कानूनी प्रक्रिया पूरा भएसँगै परिवारले शव बुझ्ने सहमति जनाएको प्रहरीले जनाएको छ । काठमाण्डौं लगायत जिल्लामा इनिशा मृत्यु प्रकरणमा संलग्नलाई छिटो पक्राउ गरी कार्वाही गर्न माग गर्दै प्रदशर्न गरिरहेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी