काठमाडौं, चैत १७ :
पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन-मलेखु सडक खण्ड आजदेखि राति ६ घण्टा बन्द हुने भएको छ । चैत १९ गतेसम्म राति १० बजेदेखि बिहानपख ४ बजेसम्म बन्द हुने भएको छ । नागढुंगा-मलेखु-मुग्लिन सडक विस्तारका लागि रातमा बन्द गरिएको हो ।
यो समयमा इच्छाकामना गाउँपालिका–४ मुग्लिन नजिक भित्ता काट्ने काम हुने सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले बताए । यसका लागि चितवन हुँदै काठमाडौं जाने बसलाई दासढुंगा आसपास , पोखराबाट काठमाडौं जाने बसहरु आँबुखैरनीमा र काठमाडौंबाट जाने सवारी साधनहरुलाई फिस्लिङ आसपासमा रोकिने बताइएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’