बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

एमालेले वैशाख १२ गते काठमाडौंमा विरोधसभा गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १७ चैत, २०८२ मा प्रकाशित
एमालेले वैशाख १२ गते काठमाडौंमा विरोधसभा गर्ने
काठमाडौं, चैत १७ :

नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा जारी प्रदर्शनलाई देशव्यापी गर्ने निर्णय गरेको छ । ।

मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि  देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
पालिका, वडा, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम गर्ने निर्णय भएको महासचिव पोखरेलले बताए । 

जसअनुसार वैशाख ३ गते वडा तहमा भेला, ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ। वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध प्रदर्शन एवं सभा आयोजना गर्ने निर्णय गरिएको छ ।

अध्यक्ष ओलीलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले काठमाडौै लगायत विभिन्न शहरमा विरोध प्रदर्शन गर्दै आएको छ । जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गत शनिबार बिहान सबेरै प्रहरीले पक्राउ गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार