
काठमाडौं, चैत १७ :
नेकपा एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बसिरहेको छ। उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकमा पार्टीका आगामी कार्यक्रम र संसदीय दलको नेता चयनबारे छलफल हुने छ।
यसअघिको बैठकले जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा आन्दोलनका कार्यक्रम तय भएको थियो । दलको नेता चयन गर्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको बैठक चैत १९ दिउँसो २ बजे बोलाइएको छ ।