
वरिष्ठ पत्रकार धर्मेन्द्र झाले राष्ट्रिय समाचार समिति(रासस)को कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिएका छन् । कार्यकारी अध्यक्ष झाले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनालाई आफ्नो राजीनामापत्र बुझाएका हुन् ।
नेपाल सरकारको निर्णयबमोजिम आफू राससको कार्यकारी अध्यक्ष पदमा नियुक्त भएको हुँदा नयाँ सरकारलाई काम गर्न सजिलो होस् भनेर राजीनामा दिएको झाले उल्लेख गरेका छन् । उनले देशको परिवर्तित राजनीतिक परिवेशलाई आत्मसात गरेको पनि बताएका छन् ।
‘म उक्त पदमा नियुक्त भएपछिका दिनमा मेरो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पत्रकारिताको मूल्य–मान्यताको अनुशरण गर्दै राससको सर्वोत्तम हित प्रवर्द्धनका दिशामा कृयाशील रहदै आएको छु,’ राजीनामा पत्रमा उनले भनेका छन् । कार्यकारी अध्यक्ष झाले आफ्नो कार्यकालमा राससमा उल्लेख्य सुधारका काम गरेका छन् ।