काठमाडौं, चैत १४ :

काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा माइतीघरबाट नयाँबानेश्वरतर्फ अगाडि बढ्दा प्रहरीले जिल्ला अदालत अगाडि रोक्न खोज्दा झडप भएको छ ।

झडप उग्र बन्दै जान थालेपछि प्रहरीले अन्धाधुन्द लाठीचार्ज गरेको छ । लाठीचार्जबाट एमालेका थुप्रै कार्यकर्ता घाइते भएका छन् । दुई पक्षबीचको झपडका कारण सो क्षेत्र अहिले तनावग्रस्त बनेको छ।