शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

राज्यका प्रमुख प्रशासनिक भवन जलाउने र भत्काउनेलाई पनि पक्राउ गरेर कारबाही गर्नुपर्छ: हर्क साम्पाङ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ चैत, २०८२ मा प्रकाशित
राज्यका प्रमुख प्रशासनिक भवन जलाउने र भत्काउनेलाई पनि पक्राउ गरेर कारबाही गर्नुपर्छ: हर्क साम्पाङ
काठमाडौ, चैत १४ :

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अहिलेको राजनीतिक घटनाक्रमलाई प्रतिशोधको संज्ञा दिँदै विगतमा राज्यका प्रमुख प्रशासनिक भवन जलाउने र भत्काउनेलाई पनि पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गरेका छन्।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले मानिसहरूले आफ्नो कुरा ढिलो गरी बुझ्ने गरेको बताए।

आफूले विगतमा ओखलढुङ्गामा भएको एक कार्यक्रम मै अरू जसले जिते पनि प्रतिशोधको राजनीति हुने तर प्रगतिको राजनीति आफ्नो पार्टीले मात्र गर्ने बताएको उनले स्मरण गराएका छन्। ओली र लेखकको पक्राउतर्फ लक्षित गर्दै उनले अब देशमा यस्तै प्रतिशोध मात्र देखिने र लगातार आन्दोलन मात्र हुने दाबी गरेका छन्।

साम्पाङले राज्यको सम्पत्ति नष्ट गर्नेहरूप्रति आक्रोश पोख्दै उनले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र कैयौँ सरकारी भवन जलाउने तथा भत्काउने कार्यका अगुवाहरूलाई पनि तत्काल पक्राउ गर्नुपर्ने बताएका छन्।

त्यस्ता कृत्यमा संलग्नहरूलाई गिरफ्तार गरेर भाटै भाटा लगाउनुपर्ने समेत उनले भनेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार