आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

प्रतिशोध र धरपकडले भलो गर्दैन: संविधानविद् निलाम्बर आचार्य

उनले लेखेका छन्,"साह्रै नै नमिल्ने कुरा भैरहेको छ.प्रतिशोध र धरपकडले भलो गर्दैन।"
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ चैत, २०८२ मा प्रकाशित
प्रतिशोध र धरपकडले भलो गर्दैन: संविधानविद् निलाम्बर आचार्य
काठमाडौ, चैत १४ :

संविधानविद् निलाम्बर आचार्यले प्रतिशोध र धरपकडले भलो नगर्ने टिप्पणी गरेका छन् ।

पूर्वकानुनमन्त्री समेत रहेका आचार्यले नव गठित सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि आज सामाजिक संजालमा लेख्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्,"साह्रै नै नमिल्ने कुरा भैरहेको छ,प्रतिशोध र धरपकडले भलो गर्दैन।"

प्रहरीले आज बिहानै पूर्व गृहमन्त्री लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरेको थियो भने  पूर्व प्रधानमन्त्री ओलीलाई भक्तपुरकै गुण्डुस्थित निवासबाट पक्राउ परेको हो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार