आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरिएको लेखकको टिप्पणी

यस विरुद्ध राजनीति र कानुनी लडाइँ लड्न म तयार छु: लेखक
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ चैत, २०८२ मा प्रकाशित
राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरिएको लेखकको टिप्पणी
काठमाडौ, चैत १४ :

पूर्व गृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको प्रतिक्रिया दिएका छन् ।

यस विरुद्ध आफुले राजनीति र कानुनी लडाइँ लड्ने समेत बताएका छन् ।

आज  बिहानै भक्तपुरको कटुन्जे स्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले यो कुरा बताएका हुन्।

"राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले मलाई पक्राउ गरेको छ । यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु " उनले भने ।

मन्त्रिपरिषद्को निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएको भन्दै  लेखकले टिप्पणी गरेका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार