दोलखा, चैत १३ :
दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ एयरको हेलिकप्टर सकुशल फेला परेको छ । मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले दोलखाको लाप्चामा उक्त हेलिकप्टर सुरक्षित भेटिएको जानकारी दिए । क्याप्टेन सुरज थापाको कमाण्डमा रहेको नाइन एन–एएनओ हेलिकप्टर लाप्चामा सुरक्षित अवतरण गरेको उनले बताए ।
दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण–पूर्वमा पर्छ । प्रबन्ध निर्देशक लामिछानेले सुरक्षित भेटिएको उक्त हेलिकप्टर भोलि मात्र काठमाडौँ फर्कने बताए । उक्त हेलिकप्टरमा चालक दलका सदस्यसहित पाँच जना सवार रहेका थिए । शुक्रबार मध्यान्हदेखि हराएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’