काठमाडौं, चैत १३ :

रसुवाको लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। हेलिकप्टर दिउँसो साढे १ बजेदेखि सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा पाइलटसहित ५ जना सवार रहेको खुलेको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारीले नेपाली सेना र प्रहरीसँग घटनाबारे बुझ्ने काम भइरहेको बताए।