शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

खोला किनारमा बनाइएको अनधिकृत संरचनामा डोजर चल्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १२ चैत, २०८२ मा प्रकाशित
खोला किनारमा बनाइएको अनधिकृत संरचनामा डोजर चल्यो
काठमाडौं, चैत १२ :

काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौंका अतिक्रमित जग्गामा बनाइएका संरचना भत्काउने कार्यलाई तीव्रता दिएको छ । उपत्यकाका खोला छेउमा सार्वजनिक जग्गा अतिक्रमणका साथै मापदण्ड विपरीत बनाइएका संरचना बनाउने कार्यलाई प्राधिकरणले तीव्रता दिएको हो ।

यसै क्रममा प्राधिकरणले बिहीबार काठमाडौँ महानगरपालिका–१६ र तारकेश्वर–११ को सीमा क्षेत्रमा अवस्थित महादेव खोला किनारमा बनाइएको अनधिकृत संरचनामा डोजर चलाएको हो ।

अतिक्रमित जग्गामा बनाइएका संरचना हटाउन पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले डोजर लगाउनुपरेको प्राधिकरणले जनाएको छ । सोही स्थानमा बसोवास गर्नेहरुले भने विना सूचना डोजर चलाएको भन्दै असन्तुष्टि जनाएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार