शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

उज्यालो नेपाल पार्टीले गठन गर्‍यो अध्यक्ष घिसिङको नेतृत्वमा सचिवालय

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ७ चैत, २०८२ मा प्रकाशित
उज्यालो नेपाल पार्टीले गठन गर्‍यो अध्यक्ष घिसिङको नेतृत्वमा सचिवालय
चैत ७ :

उज्यालो नेपाल पार्टीको सचिवालय गठन भएको छ ।

गए राती बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय गठन गरेको हो ।

जसमा अध्यक्ष, वरिष्ठ नेता, एकजना महिलासहित दुई जना उपाध्यक्ष, महासचिव, एकजना महिलासहित दुईजना उपमहासचिव, तीनजना महिलासहित सातजना सचिव र एकजना कोषाध्यक्ष रहनेछन् ।

बैठकले भने ९ सदस्यको मात्रै टुङ्गो लगाएको छ  । जस अनुसार अध्यक्षमा कुलमान घिसिङ, वरिष्ठ नेतामा अनुप कुमार उपाध्याय, उपाध्यक्षमा प्राडा महेन्द्र लावती, महासचिवमा धर्म बहादुर चौधरी रहेका छन् ।
त्यस्तै, सचिवहरूमा रामेश्वर श्रेष्ठ, सुमी मोक्तान, जितराम लामा र केदार खड्का तथा कोषाध्यक्षमा भगवती कक्षपतिलाई चयन बताईएको छ ।

पार्टीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।

यस बाहेक पार्टीको प्रवक्तामा श्री गुरुङ, सचिवालय सदस्यमा राजेन्द्र अवस्थी र मुख्यसचिवमा राजु थापालाई चयन गर्दै सचिवालयमा ल्याइएको छ ।

अब एकजना उपाध्यक्ष, दुईजना उपमहासचिव र तीनजना सचिव पद रिक्त छ । मुख्यसचिव र प्रवक्ता भने विधानमा उल्लेख छैन ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार