शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

सभापति थापाको राजीनामाप्रति केन्द्रीय सदस्यहरुको असहमति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ चैत, २०८२ मा प्रकाशित
सभापति थापाको राजीनामाप्रति केन्द्रीय सदस्यहरुको असहमति
ललितपुर, चैत ६ :

नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरुले सभापति गगनकुमार थापाको राजीनामाप्रति असहमति जनाएका छन् ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनीहरुले पार्टी सभापति थापाले दिएको राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राखेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । 

बैठकमा पार्टी सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामापत्र प्रस्तुत भएको थियो । कुनै व्यक्तिका कारण नभइ परिस्थितिका कारण पार्टीले पराजय भोग्नुपरेकाले सभापतिले राजीनामा दिनुपर्ने कुनै कारण नभएको अधिकांशको धारणा रहेको प्रवक्ता चालिसेले उल्लेख गरे। त्यस्तै बैठकमा राजीनामा अस्वीकृतको प्रस्ताव समेत प्रस्तुत भएको प्रवक्ता चालिसेले बताए ।

साथै बैठकमा उपसभापति शर्माले निर्वाचनमा हारको कारणसहितको समीक्षा प्रतिवेदन पनि पेस गरेका छन्। उपसभापति शर्माको समीक्षा प्रतिवेदनमा पराजयका पछाडी राजनैतिक, आर्थिक, सांस्कृतिक, सामाजिक, सांगठनिक, प्राविधिक र अन्य विविध कारण रहेको उल्लेख गरिएको छ ।

देशव्यापी समिक्षा प्रतिवेदनहरु प्राप्त भए पश्चात् वृहत् समिक्षामा पुग्ने उनले उल्लेख गरे । केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने र एजेण्डामाथि थप छलफल हुने कांग्रेसले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार