काठमाडौं, चैत ६ :

प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिनाले राजीनामा दिएका छन्। निर्वाचन सम्पन्न भएसँगै प्रधानमन्त्री कार्कीको बिदाइ हुने मिति नजिकिँदै गर्दा  उनीहरूले राजीनामा दिएका हुन् ।

दुवैजनाले केही दिनको फरकमा राजीनामा दिएका हुन् । खनालले फागुन २९ गते र तिमिल्सिनाले चैत २ गते राजीनामा दिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।

नवनिर्वाचित सांसदहरूले चैत १२ गते शपथ लिने र चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ।