
उदयपुरमा हावाहुरीले दुई जनाको मृ*त्यु भएको छ भने करोडौंको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार हावाहुरीले कटारी–५ तिनकुनेचौकका ६४ वर्षीय वीरेन्द्र चौधरी र कटारी– ८ थलियाटारकी ४९ वर्षीया मीनामाया तामाङको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । गम्भीर घाइते भएकी २० वर्षीया कमलकुमारी मगरलाई थप उपचारका लाठि काठमाडौं ल्याइएको छ।
यसैगरी हावाहुरीले जिल्लाका ६ स्थानीय तहका विद्यालय, सामुदायिक भवन र निजी घर गरी १३५ संरचनामा क्षति पुगेको छ । दुई विद्यालय, पाँच सामुदायिक भवनका साथै १२८ घरमा क्षति पुगेको कार्यालयले जनाएको छ ।
जस्तापाताले छाएको काठे घर र फुसको छानो भएको घरमा बढी क्षति भएको छ । सबैगरी एक करोड २० लाख ६६ हजार ५ सय बराबरको क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।