शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

अन्तर्घातको आरोपमा ४३ जनामाथि काँग्रेस नवलपरासी पश्चिमले गर्यो कार्वाहीको सिफारिस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ चैत, २०८२ मा प्रकाशित
अन्तर्घातको आरोपमा ४३ जनामाथि काँग्रेस नवलपरासी पश्चिमले गर्यो कार्वाहीको सिफारिस
काठमाडौ, चैत ५ :

नेपाली काँग्रेस नवलपरासी पश्चिमले अन्तर्घातको आरोपमा ४३ जनामाथि कारबाहीको सिफारिस गरेको छ ।

पार्टीका उम्मेदवारहरू भारी मतान्तरले पराजित भएपछि अन्तर्घातको आरोपमा उनीहरूमाथी कारबाही सिफारिस गरिएको हो ।

कारबाही सिफारिसको सूचीमा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल,लुम्बिनी प्रदेशका वनमन्त्री देवकरण प्रसाद जयसवाल, महासमिति सदस्यहरू, क्षेत्रीय तथा वडा तहका पदाधिकारी छन् ।

२१ गते चुनावकै दिन २२ जना नेतामाथि कारबाही गरिएको थियो ।

केही नेता तथा कार्यकर्ताले निर्वाचनअघि नै पार्टी छाडेका थिए ।

अहिले जिल्ला सभापति अर्जुन पोखरेलले केन्द्रीय सभापति गगन थापालाई पत्र पठाउँदै नेताहरूमाथि कारबाहीको माग गरेका छन् ।

क्षेत्र नम्बर १ मा विनोद चौधरी रास्वपाका उम्मेदवार विक्रम खनालसँग करिब ३६ हजार मतान्तरले पराजित भएका थिए । यस्तै क्षेत्र नम्बर २ मा भरत थापा पनि नरेन्द्र गुप्तासँग भारी मतान्तरले पराजित भएका छन् ।

दुवै क्षेत्रमा पराजयको कारण केही जिम्मेवार नेताहरूको अन्तरघात रहेको जिल्ला कार्यसमितिको ठहर छ ।

कारबाही सिफारिसमा परेका नेताहरूले औपचारिक रूपमा केही बोलेका छैनन् ।  पार्टीमा कंडेल,जयसवाल पहिलेबाटै नेता शेरबहादुर देउवा समूहमा रहे पनि विशेष महाधिवेशनपछि खुलेका छैनन् ।

कांग्रेस लुम्बिनीका कोषाध्यक्ष प्रकाश रानाले नवलपरासीमा ४३ जना कारबाही सिफारिस भएको विषय केन्द्रमा पुगेको र शुक्रबार बस्ने बैठकले टुंगो लगाउने सूचना पाएको जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार