काठमाडौं, चैत ४ :
काठमाडौंमा बुधबारदेखि सुरु भएको सहिद स्मारक राष्ट्रिय महिला लिगमा सङ्कटा एफसीले विजयी सुरुवात गरेको छ ।
ललितपुरस्थित च्यासल मैदानमा भएको उद्घाटन खेलमा न्युरोड टिमलाई ४–० गोल अन्तरले पराजित गर्दै सङ्कटा एफसीले विजयी सुरुवात गरेको हो । सङ्कटाको जितमा यशोदा शाही, सुक्रीया मिया, लुसिया लेइला र अकोसुअ अमनक्रहले गोल गरिन् ।
लिगमा एपीएफ फुटबल क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यू रोड टिम, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट र बीच फुटबल, संकटा एफसी र त्रिभुवन आर्मी एफसीको सहभागिता रहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सुरु महिला लिग वैशाख १२ गतेसम्म चल्ने छ ।लिगका खेलहरु सिंगल राउन्ड रोविनका आधारमा हुने एन्फाले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै