शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिमा रुद्राभिषेक पूजा

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि उनले आराध्य देव पशुपति नाथलाई धन्यवाद स्वरुप उक्त पूजा गरेकी हुन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ४ चैत, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिमा रुद्राभिषेक पूजा
काठमाडौ, चैत ४ :

प्रधानमन्त्री सुशीला कार्कीले  पशुपति नाथको दर्शन गर्नुका साथै रुद्राभिषेक पूजा गरेकी छिन् ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि उनले आराध्य देव पशुपति नाथलाई धन्यवाद स्वरुप उक्त पूजा गरेकी हुन् ।

मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबै तर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गरिन् ।

मुलुक भर सबै नेपालीबिच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी उनले पुकारा पनि गरिन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाश मणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशी लगायत पूजामा  सरिक भएका थिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार