अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले जारी गरेको नयाँ बरियतामा टी–२० अलराउन्डरतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दोस्रो स्थान ओगटेका छन् ।
आइसिसीले आज जारी गरेको नयाँ बरियताअनुसार ऐरीले उक्त सफलता हासिल गरेका हुन् । यसअघि उनी उक्त विधामा छैटौँ स्थानमा थिए ।
नयाँ बरियतामा अलराउन्डरतर्फ इङग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन पहिलो स्थानमा रहेका छन् ।
ऐरीको दुई सय ३० रेटिङ छ भने लिविगंस्टोनको दुई सय ५३ रहेको छ ।
यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय बरियतामा ब्याटिङतर्फ ऐरी विश्व बरियतामा ४३औँ स्थानमा रहेका छन् । यसअघि उनी ४५औँ स्थानमा रहेका थिए ।
अलराउन्डरतर्फ नेपालका गुलशन झा ५३औँ तथा कुशल भुर्तेल ६०औँ स्थानमा रहेका छन् । टी–ट्वान्टी टिम बरियतामा नेपाल १७औँ स्थानमा रहेको छ ।
त्यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय बरियतामा नेपालका आसिफ शेख ८२औँ र कुशल भुर्तेल ८३औँ स्थानमा छन् । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल भने उक्त बरियतामा ८७ औँ स्थानमा छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’