बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार विदेश

नाइजेरियामा भएको आक्रमणमा २३ जनाको मृत्यु, सय भन्दा बढी घाइते

सक्रिय न्युज · मंगलबार, ३ चैत, २०८२ मा प्रकाशित
नाइजेरियामा भएको आक्रमणमा २३ जनाको मृत्यु, सय भन्दा बढी घाइते
काठमाडौ, चैत ३ :

उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा कम्तिमा २३ जनाको मृत्यु हुनुका साथै एक सय भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

यस अघि सैन्य केन्द्रमा भएको आक्रमण र डिसेम्बरमा मस्जिदमा भएको बम विष्फोट र आक्रमणहरूले सहर अशान्त बनेको छ भने नाइजेरियाको लामो समयदेखि चलिरहेको विद्रोह ग्रामीण भित्री इलाकामा धकेलिएपछि समस्या झनै बढेको छ ।

बोको हराम र प्रतिद्वन्द्वी जिहादी समूह इस्लामिक स्टेटले वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी) का लडाकुहरूले हालै उत्तरपूर्वी नाइजेरियामा आक्रमण बढाएको जनाइएको छ ।

उनीहरूको १६ वर्ष देखिको यो अभियानले ४० हजार भन्दा बढी मानिसहरूको ज्यान लिएको छ भने करिब २० लाख विस्थापित भएका छन् ।

प्रहरी प्रवक्ता नाहुम केनेथ दासोले प्रारम्भिक अनुसन्धानले घटना संदिग्धहरूले गरेको खुलासा गरेको उल्लेख गर्नु भएको भने  विज्ञप्ति जारी गर्दै  प्रहरीले घटनाको पुष्टि गरेको छ ।

एक जिहादी विरोधी सदस्यलाई उदृत गर्दै एएफपीले विस्फोटबाट मृत्यु हुनेहरूको सङ्ख्या ३१ पुगेको हुन सक्ने बताएको छ ।

आक्रमणकारीहरूले सहरको मुख्य बजार, मैदुगुरी विश्वविद्यालय शिक्षण अस्पतालको गेट र  हुलाक कार्यालय फ्लाइओभर वरपरको क्षेत्रमा आक्रमण गरेको जनाइएको छ ।  

बयानमा प्रहरीले प्रभावित क्षेत्रहरूको सामान्य अवस्था पुनःस्थापित गरी सकेको र सुरक्षा बलले मैदुगुरी र यसको वरपरको क्षेत्रमा थप घटना हुन नदिन निगरानी बढाएको बताएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार