सुर्खेत, चैत २ :
सुर्खेतमा दुई छोराछोरीसहित सम्पर्कविहीन महिलाको शव भेटिएको छ । प्रहरी र स्थानीयले आइतबारदेखि खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सुरुमा भेरी नदीको किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र १ थान मोबाइल फेला परेको थियो । उनका दुई छोराछोरीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
गुर्भाकोट नगरपालिका-१२ पिप्ले बस्ने ३८ वर्षीया माया कठायत ११ वर्षकी छोरी आशा र ५ वर्षको छोरा दिपकसहित सम्पर्कविहीन रहेकी थिइन् । आइतबार बिहान ७ बजे घरबाट सम्पर्कविहीन भएको भन्दै उनका श्रीमान् भूपेन्द्र कठायतले प्रहरी चौकी गुमीमा खबर गरेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’