शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २ चैत, २०८२ मा प्रकाशित
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
काठमाडौं, चैत २ :

नेपाल प्रहरीले एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट हुण्डीको रकमसहित  नागार्जुन नगरपालिका–८ भीमढुङ्गाका २८ वर्षीय सागर गिरी र सोही स्थानका २८ वर्षीय प्रमोदप्रसाद धिताललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले अभौतिक मुद्राको कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेकासँग तीन थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटेको रु २७ लाख ३० हजार चेक, विभिन्न बैंकका एटिएम चार थान, नागरिकता एक थान, चारपाङ्ग्रे सवारीसाधन दुई थान, दुईपाङ्ग्रे सवारीसाधन एक थान, सवारी दर्ता  किताब तीन थान बरामद गरिएको उनले बताए ।

यसैगरी, विभिन्न कम्पनीका मोबाइल छ थान,  एनसेल, एनटिसीको सिम ३१ थान, कम्प्युटर एक थान बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार