बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

खाडी क्षेत्रमा जहाजमाथि आक्रमण तीव्र, लेबनानमा इजरायलको नयाँ हवाई आक्रमण

सक्रिय न्युज · बिहीबार, २८ फागुन, २०८२ मा प्रकाशित
खाडी क्षेत्रमा जहाजमाथि आक्रमण तीव्र, लेबनानमा इजरायलको नयाँ हवाई आक्रमण
काठमाडौ, फागुन २८ :

पर्सियन गल्फमा इराक नजिक दुई वटा विदेशी तेल ट्यांकरमा विस्फोट भएको खबर  छ। 

अधिकारीहरूका अनुसार उक्त घटनामा कम्तीमा एक जनाको मृत्यु भएको छ।

साउदी अरेवियाले आफूले १८ वटा ड्रोनमा अवरोध गरेको जनाएको छ । दुबईका अधिकारीहरूले एउटा ड्रोन अपार्टमेन्ट भवनमा खसे पनि कोही घाइते नभएको बताएका छन्।

इजरायलको सेनाले लेबनानमा हिज्बरल्लाहलाई लक्षित गर्दै  पुनः अर्को चरणको हवाई आक्रमण गरेको जनाएको छ। यसलाई इजरायलतर्फ प्रहार गरिएका रकेटहरूको जवाफ भएको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धबारे सोध्दा अमेरिकाले अझै समाप्त भएको छैन भनेका छन् ।

युद्धका आर्थिक असरहरू जारी छन्  जसका कारण ब्रेन्ट क्रुड आयलको मूल्य फेरि बढेर प्रति ब्यारेल १०० डलरसम्म पुगेको छ।

यसअघि अन्तरराष्ट्रिय उर्जा एजेन्सीका ३२ सदस्य राष्ट्रहरूले बजार स्थिर पार्ने प्रयास स्वरूप आफ्नो इतिहासकै सबैभन्दा ठूलो तेल भण्डार सार्वजनिक रूपमा निकाल्ने निर्णय गरेका थिए।

अन्तरराष्ट्रिय उर्जा एजेन्सीमा  बेलायत र अमेरिका समेत सदस्य छन् र यस संस्थाले ४० करोड ब्यारेल तेल भण्डार बजारमा ल्याउने बताइएको छ।  यो करिब चार दिनको विश्व तेल आपूर्ति बराबर हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार