शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

छानबिन प्रतिवेदनलाई यथाशीघ्र सार्वजनिक जानकारीमा ल्याउनु सरकारको दायित्व हो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ फागुन, २०८२ मा प्रकाशित
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग
फाइल तस्वीर ।
काठमाडौं, फागुन २६ :

जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । समितिले आयोगको समग्र प्रतिवेदन सार्वजनिक गरी पीडित समुदाय, नागरिक समाज, मिडियालगायत आम नागरिकको सुसूचित हुन पाउने अधिकारको सम्मान गर्न माग गरेको हो ।

समितिका संयोजक राजुप्रसाद चापागाईंले आज प्रेस विज्ञप्ति जारी गरी उक्त आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका हुन्।  विज्ञप्तिमा भनिएको छ, “प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने भन्ने कुरा सरकारको तजबिजको विषय होइन प्रतिवेदनबारे जानकारी पाउने आम नागरिकको संविधानप्रदत्त अधिकार हो भने छानबिन प्रतिवेदनलाई यथाशीघ्र सार्वजनिक जानकारीमा ल्याउनु सरकारको दायित्व हो ।”

जाँजबुझ आयोगले दुई दिनअघि प्रतिवेदन सरकारलाई बुझाएको छ । त्यसमा दोषीलाई कारबाही गर्न सिफारिस गरिएको  भए पनि को-को परे भनेर सरकारले सार्वजनिक गरेको छैन । आयोगका संयोजक गौरीबहादुर कार्कीले छानबिन अनुसार देखिएका दोषीलाई कारबाही गर्न सिफारिस गरिएको र सरकारले त्यसलाई सार्वजनिक गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार