आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस #महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस
समाचार राजनीति

समानुपातिकको मतगणना जारी, ८५ लाख ९३,४४० मत गन्दा ४१ लाख ५१,२५७ मत प्राप्त

नयाँ शक्तिको रूपमा उदाएको श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टी बन्यो
सक्रिय न्युज · सोमबार, २५ फागुन, २०८२ मा प्रकाशित
समानुपातिकको मतगणना जारी, ८५ लाख ९३,४४० मत गन्दा ४१ लाख ५१,२५७ मत प्राप्त
फागुन २५ :

प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ । मतगणनाको अन्तिम चरणमा आईपुग्दा रास्वपाको वर्चस्व कायमै देखिएको छ ।  

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म कुल ८५ लाख ९३ हजार ४४० मत गणना भइसकेको छ । 

हालसम्मको परिणाम हेर्दा  राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना र स्थापित दलहरूलाई निकै पछाडि पारेको छ । घण्टी चुनाव चिन्हमा हालसम्म ४१ लाख ५१ हजार २५७ मत प्राप्त गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले कुल गणना गरिएको मतको झन्डै आधा हिस्सा अर्थात् ४८.३१ प्रतिशत मत प्राप्त गरी सबैभन्दा ठुलो दल बन्ने निश्चित गरेको छ ।

जुन नेपाली निर्वाचन इतिहासमा समानुपातिकतर्फ कुनै पनि दलले पाएको निकै ठुलो जनमत हो ।

परम्परागत शक्ति मानिने नेपाली कांग्रेस र नेकपा (एमाले) को मत परिणाम भने यस पटक निकै खुम्चिएको पाइएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले जम्मा १६.१७ प्रतिशत अर्थात् १३ लाख ८९ हजार ९६६ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले १३.६६ प्रतिशतका साथ ११ लाख ७३ हजार ५६१ मत मात्रै जोड्न सफल भएको छ ।

अन्य दलहरूको प्रतिस्पर्धामा नेपाली कम्युनिस्ट पार्टीले ७.०९ प्रतिशत मतका साथ ६ लाख ९ हजार २०८ मत प्राप्त गरेको छ ।

नयाँ शक्तिको रूपमा उदाएको श्रम संस्कृति पार्टीले ३.५० प्रतिशत अर्थात् ३ लाख १ हजार १२९ मत प्राप्त गर्दै राष्ट्रिय दलको मान्यता थ्रेसहोल्ड पार गर्ने देखिएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.२८ प्रतिशतका साथ २ लाख ८२ हजार ५५ मत प्राप्त गरी छैटौँ स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार