भारतले आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जित्न न्युजिल्यान्डलाई २५६ रनको चुनौती दिएको छ ।
भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २५५ रनको योगफल बनाएको हो । भारतका लागि सञ्जु सैमसनले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा पाँच चौका र आठ छक्कासहित सर्वाधिक ८९ रन बनाए ।
त्यस्तै, अभिषेक शर्माले २१ बलमा ५२ रन जोडे भने इशान किशनले २५ बलमा ५४ रन बनाए । त्यस्तै, हार्दिक पाण्ड्याले १३ बलमा १८ रन बनाए । कप्तान सूर्यकुमार यादव एक बलमै आउट भए । अन्त्यतिर शिवम दुबेले आठ बलमा २६ रन बनाए भने तिलक बर्मा आठ रनमा अविजित रहे ।
बलिङतर्फ न्युजिल्यान्डका लागि जेम्स निशमले तीन विकेट लिए । त्यस्तै, म्याट हेनरी र रचिन रवीन्द्रले समान एक–एक विकेट लिए । अब विश्वकपको उपाधि जित्न न्युजिल्यान्डले २० ओभरमा २५६ रन बनाउनुपर्ने छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’