शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

यसपटक प्रतिनिधिसभामा ६ दलको मात्रै प्रतिनिधित्व हुने देखियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २३ फागुन, २०८२ मा प्रकाशित
यसपटक प्रतिनिधिसभामा ६ दलको मात्रै प्रतिनिधित्व हुने देखियो
काठमाडौं, फागुन २३ :

धमाधम मतपरिणाम आइरहँदा यस पटकको संसद्मा ६ दलको प्रतिनिधित्व हुने देखिएको छ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ बहुमत प्राप्त गर्दै सरकारको नेतृत्व गर्ने दिशामा अघि बढिरहेको छ भने  कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपाले केही सिट जितेर संसद्मा प्रतिनिधित्व गर्ने देखिन्छ । जसपा, जनमत, नाउपा, नेमकिपा र जनमोर्चाको संसदमा उपस्थिति नहुने पक्का भएको छ। महावीर पुन बाहेक कुनै पनि स्वतन्त्र उम्मेदवारले जित्ने सम्भवना देखिएको छैन।

रास्वपाले प्रत्यक्षतर्फ ५२ सिट जित्दा ६८ स्थानमा अग्रता लिएको छ। कांग्रेसले ८ स्थानमा जित्दा १२ मा अग्रता छ भने एमालेले २ सिट जित्दा १० स्थानमा अग्रता लिरहेको छ। नेकपाले २ सिट जित्दा ८ मा अग्रता छ। राप्रपा १ सिटमा जित नजिक पुगेको छ भने श्रम संस्कृति पार्टीले ३ ठाउँमा अग्रता लिरहेको छ।

समानुपातिकतर्फ अहिलेसम्म ३ लाख ३८ हजार ९९ मत गणना हुँदा रास्वपाले १ लाख ९० हजार ६३२ मत पाएको छ। कांग्रेसले ५७ हजार ५६६, एमाले ४४ हजार १२२, नेकपाले १९ हजार २५४, राप्रपा १५ हजार २६४ र श्रम संस्कृतिले ७ हजार ८८६ मत पाएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार