आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस #महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस
समाचार राजनीति

काठमाडौँ ५ मा उम्मेदवार बनेका राप्रपाका पूर्वअध्यक्ष कमल थापाले जमानत समेत जोगाउन सकेनन्

· शनिबार, २३ फागुन, २०८२ मा प्रकाशित
काठमाडौँ ५ मा उम्मेदवार बनेका राप्रपाका पूर्वअध्यक्ष कमल थापाले  जमानत समेत जोगाउन सकेनन्
काठमाडौं, फागुन २३ :

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ५ मा उम्मेदवार बनेका राप्रपाका पूर्वअध्यक्ष कमल थापाले  जमानत समेत जोगाउन सकेनन्।

सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मित पोखरेल ३० हजार ७३७ मत ल्याएर विजय हासिल छन्। दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ मत प्राप्त गर्दा नेकपा एमालेका हेभिवेट नेता ईश्वर पोखरेल ४ हजार ७०१ मत ल्याए।

तर, राप्रपाको चुनाव चिह्न लिएर उठेका कमल थापाले भने जम्मा १ हजार ९२२ मत मात्र प्राप्त गरे। कुल सदर मतको १० प्रतिशत पनि ल्याउन नसकेपछि कानुनबमोजिम उनको जमानत जफत भयो ।

काठमाडौँ ५ बाट राप्रपाका तर्फबाट स्थानीय नेता हिक्मतजंग कार्कीले टिकट पाउने निश्चित भइसकेको थियो। तर, अन्तिम समयमा कमल थापाले आफ्नो प्रभाव प्रयोग गर्दै पेलेर उक्त टिकट आफूले लिएको आरोप लागेको थियो ।  लामो समयदेखि क्षेत्रमा खटिएका कार्कीको टिकट खोसिएपछि आक्रोशित हुँदै उनले राप्रपा नै परित्याग गरेका थिए।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार