काठमाण्डौं, असोज १७ :
क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोली क्यानाडासंग नेपाल ४ विकेटले पराजित भएको छ ।
क्यानडाको किंग सिटीमा भएको खेलमा नेपालले क्यानाडालाई दिएको १ सय ४० रनको लक्ष्य ६ विकेट गुमाउदै १९ दशमलव ३ ओभरमा पूरा गर्यो।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गरेको थियो ।
गत आइतवार भएको सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो ।
दोस्रो खेलमा भने नेपालले ओमानमाथि जित हासिल गरेको थियो । १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १ सय ३९ रन बनाउँदै अल आउट भएको थियो ।
सिरिजको अर्को खेलमा ओमानले क्यानडालाई पराजित भएको थियो । दुवै टोली सिरिजमा दोस्रो जितको खोजीमा रहेका छन् ।
नेपालले चौथो खेलमा बुधवार ओमानको सामना गर्नेछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’