काठमाडौं, फागुन २२ :
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तरगतको सामानुपातिकतर्फको पनि मतगणना सुरु भएको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले काठमाडौँ १ बाट समानुपातिकतर्फको मतगणना थालिएको जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म समानुपातिकतर्फ १९ हजार ७२८ मतगणना हुँदा ११ हजार ५६२ मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको छ ।
यस्तै समानुपातिकतर्फ नेपाली कांग्रेसले ३ हजार ६६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७५२, नेकपा (एमाले) ले १ हजार १५२, श्रम स.स्कृति पार्टीले ४४१, नेपाली कम्युनिष्ट पार्टीले ३९२ मत ल्याएका छन् ।
यस्तै राष्ट्रिय परिवर्तन पार्टीले २७३ मत प्राप्त गरेका छन् भने अन्य विभिन्न दलले १०० भन्दा तल मत प्राप्त गरेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रथम महिला काफ्ले भन्छिन् : कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छ
कुकुर तिहार : नेपाली सेना र प्रहरीद्वारा तालिमप्राप्त कुकुरहरुको विशेष पूजा
प्रहरीको ताकेतापछि साइबर ब्युरो जाँदै कांग्रेस सहमहामन्त्री शिवाकोटी