आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस #महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध#जुम्लामा बोलेरो जिप दुर्घटना#बङ्गलादेशको एकता दिवस
समाचार राजनीति

काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतले विजयी

· शुक्रबार, २२ फागुन, २०८२ मा प्रकाशित
काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतले विजयी
काठमाडौं, फागुन २२ :

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठ सानदार मतका साथ विजयी भएका छन्।

मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै सानदार जित दर्ता गराए। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २१ हजारभन्दा बढीको विशाल मतान्तरले पछाडि पारेका छन्।

यस क्षेत्रमा प्रतिस्पर्धामा रहेका ठूला र परम्परागत दल सहित अन्य सबै उम्मेदवारहरूको जमानत धरौटी जफत भएको छ।

निर्वाचन कानुनअनुसार कुनै पनि निर्वाचन क्षेत्रमा सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुने व्यवस्था छ।

काठमाडौं–८ मा खसेको कुल मतको आधारमा दोस्रो स्थानमा रहेका उम्मेदवारले समेत जमानत जोगाउन आवश्यक पर्ने १० प्रतिशत मतको सीमा (थ्रेसहोल्ड) पार गर्न सकेनन्।

जसका कारण त्यहाँ प्रतिस्पर्धा गरेका सबै २१ जना पराजित उम्मेदवारको जमानत जफत भएको छ।

रास्वपाका उम्मेदवारपछि दोस्रो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले जम्मा ३ हजार २ सय १७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८ सय ३५ मतमै चित्त बुझाउनुपर्‍यो। नेकपा (एमाले) का राजेश शाक्य र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नबिन शाही दुवैले समान १ हजार ९ सय ९ मत प्राप्त गरे। उज्यालो नेपाल पार्टीका राजन खड्गीले १ हजार ३३ मत पाए। ठूला दलका यी कुनै पनि उम्मेदवारले आफ्नो धरौटी जोगाउन सकेनन्।

यसैगरी, प्रतिस्पर्धामा रहेका अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूको अवस्था झनै कमजोर देखियो।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार