आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध #सैनिक डग कला प्रदर्शनी#यू-१९ महिला क्रिकेट#उपाधि नेपालले जित्यो#महाकवि लक्ष्मीप्रसाद देवकोटा#घोप्टेभिरको सुक्खा पहिरो#सडक दुईतर्फी सञ्चालन#प्रदीप पौडेल#कुकुर तिहार#अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य#भोटे कुकुर#भेँडाबाख्राका रक्षक#गोठालाका सारथी#धारिलो हतियार प्रहार#एकै परिवार#चार महिला घाइते#साइबर ब्युरो#प्रहरीबाट लगातार ताकेता#पृथ्वी राजमार्ग अवरुद्ध
समाचार राजनीति

मतगणना जारी,अधिकांश क्षेत्रमा रास्वपाको अग्रता

हालसम्म ३ जना उम्मेदवार विजयी, रास्वपाको ३ र काँग्रेसको १ जना विजयी
सक्रिय न्युज · शुक्रबार, २२ फागुन, २०८२ मा प्रकाशित
मतगणना जारी,अधिकांश क्षेत्रमा रास्वपाको अग्रता
काठमाडौं, फागुन २२ :

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अग्रता कायम गरेको छ ।

हालसम्म तीन वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । रास्वपाका रञ्जु दर्शना १५ हजार ४ सय ५५ मतसहित काठमाडौं क्षेत्र नं १ बाट र कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित मुस्ताङबाट विजयी हुनुभएको छ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। शुक्रबारको अन्तिम मतपरिणाम अनुसार ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७१९ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियाले ६ हजार ६४७ मत प्राप्त गरेका छन् ।

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठ सानदार मतका साथ विजयी भएका छन्।

मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै सानदार जित दर्ता गराए। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २१ हजारभन्दा बढीको विशाल मतान्तरले पछाडि पारेका छन्।

हालसम्म रास्वपाका उम्मेदवार १०६ स्थानमा, नेपाली कांग्रेस ११ र नेकपा (एमाले) का उम्मेदवार ११ स्थानमा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार ९  स्थानमा अगाडि छन् ।

यस्तै, श्रम संस्कृति पार्टीका ६ र स्वतन्त्र उम्मेदवार  एक स्थानमा अगाडि छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार