मनाङ, फागुन २२ :
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हिमाली जिल्ला मनाङमा मतगणना सुरु भएको छ । सेनाको हेलिकप्टरमार्फत् नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रका मतपेटिका ल्याएपछि मतगणना सुरु भएको हो ।
सर्वदलीय बैठक पछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । मनाङमा ५४.८० प्रतिशत मत खसेको छ । यहाँ कूल सात हजार मतदातामध्ये तीन हजार १६४ मत खसेको छ । महिला एक हजार ४०६ र पुरुष एक हजार ७५८ ले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’