शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

प्रतिनिधिसभा सदस्य निर्वाचन : सङ्खुवासभामा मतदान जारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ फागुन, २०८२ मा प्रकाशित
प्रतिनिधिसभा सदस्य निर्वाचन : सङ्खुवासभामा मतदान जारी
संखुवासभा, फागुन २१ :

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जिल्लामा मतदान जारी छ ।

जिल्लाको १६४ मतदान केन्द्रमा बिहान ७ बजेबाट सुरु भएको मतदान उत्साहपूर्वक रुपमा भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला सिर्जना थपलियाले जानकारी दिनुभयो । जिल्लाका सबै मतदानस्थलमा सुरक्षा व्यवस्था मजबुत रहेको र जिल्लाको सबै क्षेत्रसहित सीमामा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली कांग्रेसका उम्मेदवार दीपनकुमार श्रेष्ठले खाँदबारी–१ टुँडिखेल मतदान केन्द्रबाट मतदान गरे ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अर्जुन कार्कीले खाँदबारी–९ को मनकामना रत्न अम्बिका माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सरिता थापाले पाँच खपन– ९ जलजलबाट मतदान गरे ।

जिल्लामा ६२ हजार १७२ पुरुष र ५७ हजार ४५८ महिलासहित एक लाख १९ हजार ६३० मतदाता रहेका छन् । जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन् । सङ्खुुवासभामा एक स्वतन्त्र, तीन महिलासहित १६ जना चुनावी मैदानमा रहेका छन् । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्रमा रहेको यस जिल्लामा  एक अस्थायीसहित १६५ मतदान केन्द्र छन् ।


त्यस्तैगरी मतगणनाका जिल्ला समन्वय समितिको सभाहलमा मतगणनास्थल समेत तयार पारिसकिएको छ । गणनास्थलको झ्याल–ढोकामा तार जालीको अग्लो बार लगाइएको छ ।  गणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था रहेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभर ९८४ कर्मचारी खटिएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार