बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार कर्पोरेट

सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय गर्न नपाइने

कार्यालयले चुनावको नजिक परेको फागुपर्व पनि सार्वजनिकस्थलमा भीडभाड हुने गरी नखेल्न अपिल गरेको छ ।
· शनिबार, १६ फागुन, २०८२ मा प्रकाशित
सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय गर्न नपाइने
कास्की, फागुन १६ :

प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा संवेदनशिलतालाई दृष्टिगत गरी आगामी सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि राति ९ बजेसम्म मात्र होटल, रेष्टुराँ, दोहारी साँझ, क्लब, डान्स बार, मदिरा पसलगायत रात्रिकालीन व्यवसाय सञ्चालन गर्न सार्वजनिक रुपमा सूचित गरेको हो ।

कार्यालयले जारी गरेको सूचनामा चुनावका अवधिमा सार्वजनिक शान्ति सुरक्षा र समाजिक सद्भाव कायम राख्न सम्बद्ध सबै पक्षबाट सहयोगका लागि अनुरोध गरिएको छ ।

उक्त नियम कार्यान्वयन भए नभएकाबारे अनुगमन हुने र कसैले सूचनाको अवज्ञा गरी गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने जनाइएको छ ।

कार्यालयले चुनावको सम्मुखमा परेको फागुपर्व पनि सार्वजनिकस्थलमा भीडभाड हुने गरी नखेल्न अपिल गरेको छ ।

निर्वाचनको सुरक्षा संवेदनशिलता र आचारसहिंताका कारण सडक तथा सार्वजनिकस्थलमा भीड जम्मा हुने गरी कुनै पनि मेला, साङ्गीतिक कार्यक्रम नगर्न कार्यालयले सूचित गरेको हो । 

फागुपर्वलाई लक्षित गरी कार्यक्रम गर्न कसैलाई पनि अनुमति नदिइएको कार्यालयको सूचनामा उल्लेख छ ।

परिवार मिलेर घरपरिसरमा सभ्य र सुसंस्कृत रुपमा फागुपर्व मनाउन कार्यालयले आग्रह गरेको छ । 

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार