शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ फागुन, २०८२ मा प्रकाशित
आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई आग्रह
काठमाडौं, फागुन १३ :

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री रुपमा सम्पन्न सवै पक्षलाई आग्रह गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मगरले सम्भावित अवाञ्छित गतिविधिहरु नगरी वा नगराई नागरिकको मानव अधिकारको सम्मान गर्न र सन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन सवै पक्षलाई आग्रह गरेका हुन् ।

सबै पक्षहरुले धैर्यता र संयमता अपनाउन, अरुप्रति लक्षित अमर्यादित र घृणायुक्त एवं सामाजिक तथा साँस्कृतिक सद्भाव बिथोलिने अभिव्यक्ति नदिन र त्यस प्रकारका सामग्री प्रकाशन-प्रसारण नगर्न समेत सबै पक्ष गम्भीर हुनुपर्ने उनको भनाइ छ । उनले निर्वाचनको खर्च समेत पारदर्शी हुनुपर्ने बताए । निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्नुपर्ने प्रावधान निकै व्यवहारिक भएको भन्दै उनले बैंक खातामा पारदर्शिता हुनुपर्ने उल्लेख गरे ।

मगरले निर्वाचन आचांरसंहीता विपरीतका गतिविधि गर्ने सामाजिक सञ्जाल सञ्चालकलाई समेत कानुनी कारबाहीमा ल्याउनुपर्नेमा जोड दिए । योग्य र सक्षम प्रतिनिधि निर्वाचित गराएर देशको शासन गर्ने ठाँउमा पठाउन सबैले योगदान गर्नुपर्ने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार