बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार खेलकुद फुटबल

साम्बालाई कांग्रेसको आर्थिक सहयोग, केएमसी अस्पतालले निःशुल्क उपचार गरिदिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ फागुन, २०८२ मा प्रकाशित
साम्बालाई कांग्रेसको आर्थिक सहयोग, केएमसी अस्पतालले निःशुल्क उपचार गरिदिने
काठमाडौं, फागुन १२ :

नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख सहयोग गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ती जारी गरी साम्बा घुँडाको गम्भीर चोटका कारण हाल जटिल शल्यक्रियाको तयारीमा रहेको उल्लेख गर्दै उनको उपचारका लागि पार्टीको तर्फबाट उक्त सहयोग गरेको जानकारी दिएको छ ।

साम्बाको उपचारका लागि कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्बाङलाई टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खाता नं ३४४०१०१०००११३७ मा सो नगद जम्मा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान गरेका प्रसिद्ध फुटबल खेलाडी ‘साम्बा’ प्रति उच्च सम्मान व्यक्त गर्दै पार्टीको तर्फबाट आर्थिक सहयोग गरिएको र यतिबेला हामी सबैले उनलाई साथ दिन जरुरी रहेको बताए । सभापति थापाले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट उनको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

यसैबीच काठमाडौँ मेडिकल कलेज (केएमसी)ले राष्ट्रिय कप्तान साम्बाको निःशुल्क उपचार गरिदिने भएको छ । सो अस्पतालका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले विज्ञप्ती जारी गरी कप्तान साम्बाको निःशुल्क उपचार गरिदिने जानकारी दिएका हुन् ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार